४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

ठेलागाडा व्यापारमा प्रतिबन्ध नलगाउन आग्रह

वायु प्रदूषण र वातावरण संरक्षणमा कार्यरत संस्थाहरूको सञ्जाल क्लिन एयर नेटवर्क नेपालले काठमाडौं महानगपालिकाले साइकल तथा ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएकोमा आपत्ति जनाएको छ। एक सार्वजनिक सूचनामार्फत गत पुस २६ मा महानगरपालिकाले यो प्रतिबन्ध लगाएको थियो। राजधानीको वायु प्रदूषण अत्यधिक रहेको र यसका लागि खनिज इन्धन प्रयोग एक कारण रहेको चर्चा गर्दै नेटवर्कले साइकल तथा ठेलागाडाजस्ता वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएको छ। यसैगरी महानगरपालिकाको यो निर्णयले धेरै बेरोजगार हुने र परिवारजनको पालनपोषणमा समस्या आउने नेटवर्कको ठहर छ।

‘सडकपेटीमा सबै मानिसको उत्तिकै पहुँच र सहज रूपमा हिँडडुल गर्न पाउनुपर्छ। यसको दिगो व्यवस्थापन नै दिगो सडकपेटी व्यवस्थापनमार्फत आउँछ’, नेटवर्कद्वारा जारी विज्ञप्तिमा भनिएको छ। नेटवर्कले सडक तथा ठेलागाडा प्रयोग गरी गरिने व्यापार र आयआर्जनलाई समाजको अभिन्न अंग र वायु प्रदूषण न्यूनीकरणका लागि सहयोगी मान्नुपर्ने जिकिर गरेको छ। ‘महानगरपालिकाले आफ्नो निर्णयलाई निषेधात्मक नभई यसको उचित व्यवस्थापन गर्न सञ्जाल अनुरोध गर्दछ’, नेटवर्कले भनेको छ।

प्रकाशित: ४ माघ २०७९ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App