१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महिला व्यवसायीलाई कोकाकोलाको सक्षम तालिम

कोकाकोलाले सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरू सञ्चालन गर्ने महिला व्यवसायीहरूको सीप विकास र सशक्तिकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा कम्पनीले हजारभन्दा बढी महिलालाई तालिम दिएको थियो।

गत ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोकाकोलाले आफ्नो बोटलिङ पार्टनर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रम सुरु गरेको थियो। खुद्रा व्यवसाय र साना रेस्टुरेन्ट सञ्चालन गर्ने महिलाहरूलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोगसम्बन्धी तालिम दिन उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरूमा एक-एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रमकै एक सहभागी सौरहाकी गीता श्रेष्ठले महिला युवा व्यवसायीहरूको लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको बताइन्। यस्तै नारायणघाटकी माया पाण्डेले सक्षम कार्यक्रमले आफूलाई आर्थिक रूपमा सशक्त हुन चाहिने सिप सिकाएको साथै सञ्जाल बिस्तार गर्ने अवसर पनि दिएको बताएका छन्। सक्षम जस्तो सिप विकास गर्ने कार्यक्रमले आफूलाई अझै राम्रोसँग व्यवसाय सञ्चालन गर्न हौसला दिएको उनले बताइन्। कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीज्यूले कोकाकोला बेटर शेयर्ड फ्युचरमा विश्वास गर्ने र महिला सशक्तीकरण जहिले पनि हाम्रो मूल मान्यताको रूपमा रहेको बताएका छन्।

अनुभवी र दक्ष प्रशिक्षकहरूसँग मिलेर महिला व्यवसायीलाई व्यावसायिक तालिम, मेन्टरिङ नेट्वर्क, आर्थिक सेवा तथा अन्य विभिन्न तालिमहरू प्रदान गरेको बताउँदै उनले भने ‘उहाँहरूलाई आफ्नो जीवनस्तर उकास्न, परिवारलाई सहयोग गर्न र समुदायमा पनि सकारात्मक परिवर्तन ल्याउन यस तालिमले सक्षम बनाएको छ।’ नेपाल सरकारको पन्ध्रौं राष्ट्रिय योजना (२०७६/७७–२०८०/८१) अनुरूप महिलाहरूको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्देश्यलाई पनि यो पहलले सघाउ पुर्‍याउने कम्पनीले विश्वास लिएको छ।

प्रकाशित: ४ माघ २०७९ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App