७ चैत्र २०७९ मंगलबार
अर्थ

सुनको मूल्य एक लाख ५ हजार एक सय

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार सात सय रुपैयाँ थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: ३ माघ २०७९ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App