२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिभिल बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न

सिभिल बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

उक्त साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ।

यस्तै सभाले आव २०७९/८० को लेखापरीक्षण गर्न ‘एसराई एण्ड एशोसियट्स’लाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरेर प्राप्ति-एक्विजिसन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

साथै सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ती तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन, समझदारीपत्र, तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूर्ण कामकारबाहीलाई अनुमोदन गरेको छ। 

प्रकाशित: १ माघ २०७९ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App