१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि

माछापुच्छ्रे बैंकले मोवाइल बैंकिङ एप एमबिएलएम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ।  

बैंकले पछिल्लो समय मोवाइल बैंकिङ एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरू र अनधिकृत कारोबारहरू कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोवाइल बैंकिङ एप एमबिएलएम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणीकरण प्रविधि थप गरेको हो। मोवाइल बैंकिङमा हाल ओटिपी सेयर मार्फत सबैभन्दा धेरै अनधिकृत कारोबारहरू भइरहेको पाइएको छ। विभिन्न लक्की ड्र, ठूलो रकमको चिट्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोवाईलमा प्राप्त हुने ओटिपी सेयर गर्न लगाइ ह्याकरहरूले ठूलो मात्रामा अनधिकृत कारोबार गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्या रोक्न आफ्नो एपमा नयाँ प्रविधिको सुरुवात गरेको बैंकले जनाएको छ।  

बैंकले यो प्रविधि सुरु गरेसँगै ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैंकिङमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ। साथै यो सेवा थप गरेसँगै बैंकका ग्राहकहरूको मोवाइल बैंकिङ सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको दाबी गरेको छ।

प्रकाशित: २९ पुस २०७९ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App