१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआईसी एसियामा पनि क्यास डिपोजिट मेसिन

एनआईसी एसिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ।

बैंकले काठमाडौंस्थित न्युरोड विशालबजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रूपन्देही स्थितबुटबल शाखा, कास्की स्थितपोखरा महेन्द्रपुल शाखा, कैलालीस्थितधनगढी चौराहा शाखा, मोरङस्थित विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो।

बैंकले क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिने जनाएको छ। खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा ५ सय र १ हजार रूपैयाँका नोटहरू एक पटकमा अधिकतम ९९,५०० रूपैयाँ र दैनिक अधिकतम ९,९९,५०० रूपैयाँसम्म जम्मा गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: २७ पुस २०७९ ०५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App