१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नवजिवन सहकारी संस्था पुरस्कृत

हजारौँ सदस्य रहेको कैलालीको धनगढी स्थित नवजिवन सहकारी संस्थालाई २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार प्रदान गरिएको छ।

सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गरेको भन्दै साझा सेवा सहकारीको ३८ औँ साधारण सभाको अवसरमा शनिवार ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बमलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरेका थिए।

वि.सं. २०२६ सालदेखि संस्थाका संस्थापक सञ्चालक तथा अध्यक्ष रही संस्थाका लागि महत्त्वपूर्ण योगदान गरेका स्व.कमलमणि दीक्षितको नामबाट स्थापना गरिएको उक्त पुरस्कार वि.सं २०७५ सालदेखि प्रदान गरिँदै आइएको संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेले बताए।

सहकारीको माध्यमबाट सर्वसाधारणलाई विशेष सेवा प्रदान लगायत महत्त्वपूर्ण योगदान पुर्‍याउने सुदूरपश्चिमको सहकारी संस्थालाई नगद पुरस्कार सहित सम्मान गर्न पाएकोमा पाण्ड्येले खुसी व्यक्त गरे।

पुरस्कृत संस्था नवजीवनका अध्यक्ष देवबहादुर बमले पुरस्कारबाट सहकारीका माध्यम बाट समाज र सर्वसाधारणको सेवा प्रतिको दायित्व थप बढेको महसुस भएको बताए। प्रतिष्ठित पुरस्कार प्राप्तिले अझ उत्साहका साथ थप काम गर्ने प्रेरणा मिलेको उनको भनाई छ।

प्रकाशित: २३ पुस २०७९ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App