coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अटोमोबाइलका समस्याबारे अर्थमन्त्रीसँग छलफल

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा उक्त प्रतिनिधि मण्डलले अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरूबारे छलफल गरेको जानकारी विज्ञप्ति मार्फत दिइएको छ।

भेटका क्रममा अध्यक्ष थापाले कोभिड महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थितिहरू सृजना भएका बेला पनि व्यवसायीहरूले जसोतसो सञ्चालन गरिरहेको बताए। पछिल्लो समयमा सरकारले अवलम्बन गरेका नीतिहरूको कारणले भने अटोमोवाइल व्यवसायलाई झन् कठिन अवस्थामा पुर्‍याएको जानकारी दिए। उनले ब्यवसायीहरू आफ्नो व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा रहेकाले अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरिदिन पनि आग्रह गरेका थिए।

अर्थमन्त्री पौडेलले भने अटोमोवाइल क्षेत्रलाई नजिकबाट चिनेको बताउँदै अटो मोवाइल व्यावसायीहरूले हाल भोगिरहेको समस्याहरू समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको हुँदा त्यसप्रति आश्वस्त भई जारी आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए।

सो भेटघाटमा नाडाका उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्वय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो। 

प्रकाशित: १५ पुस २०७९ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App