१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनसरीको सुनौलो पुस्तकालयलाई जापानी सहयोग

जापान सरकारले सुनसरीको धरान नगरपालिका १७ रेल्वे चोकमा सुनौलो पुस्तकालय पुनर्निर्माण गर्न सहयोग गरेको छ। सन् २०१५ को भूकम्पले क्षति पुर्‍याएको हुँदा जापानले अनुदान मार्फत पुस्तकालय भवनको पुनर्निर्माणमा सहयोग गरेको हो।  

नेपालका लागि जापानी राजदूत किकुता युताकाले पुनर्निर्मित पुस्तकालयको समुद्घाटन कार्यक्रममा बोल्दै यो सहयोगले नेपाल र जापानको द्विपक्षीय सम्बन्ध जनस्तरमा अझ प्रगाढ हुने बताए। जापानको गैरसरकारी संस्था शान्ति भोलिन्टियर एशोसियनले यो सहयोग उपलब्ध गराएको हो।  

यो सहयोग अन्तर्गत ४ वटा सामुदायिक पुस्तकालय तथा लर्निङ सेन्टरहरू स्थापना भएका छन्। यसैगरी बालबालिका, महिला तथा यूवाहरूलाई पुस्तकालयमा पढ्न अभिप्रेरित गर्ने कार्यक्रमहरू पनि सञ्चालन गरिने जापानी दूतावासले जनाएको छ।

प्रकाशित: १० पुस २०७९ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App