८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

अढाइ अर्ब लागतमा नयाँ रोलिङ उद्योग

सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ रोलिङ उद्योग सञ्चालनमा आएको छ। सुनसरीको दुहबी नगरपालिका–१ मा २ अर्ब ५० करोडको लागतमा स्वस्तिक रोलिङ उद्योग सञ्चालनमा आएको हो।  

शुक्रबार उद्योगले पत्रकार सम्मेलन गर्दै उद्योग र त्यसको उत्पादनको विषयमा जानकारी गराएको थियो। पत्रकार सम्मेलनमा उद्योगका निर्देशक रमेश राठीका अनुसार उद्योगले ‘बजरंग’ब्रान्डको टिएमटी उत्पादन गर्छ। यसबाहेक बिलेटको व्यावसायिक कारोबार गर्नुका साथै ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर छड, डिलेट, एंगल, च्यानल र आइबिमको उत्पादन गर्ने निर्देशक राठीले बताए।

नेपालका ९० प्रतिशत उद्योगले आफ्नै भट्टी राखेर आफैं ब्लेड उत्पादन गर्ने गरेको भन्दै उनले आफ्नो उद्योगको क्षमता दैनिक ५ सय टन उत्पादन रहेको जानकारी दिए। उद्योगले भारतको टाटा स्टील्सबाट कच्चा पदार्थ आयात गरी अत्याधुनिक युरोपियन टेक्नोलोजीको प्रयोग गरी मजबुत, कम खिया लाग्ने र बढी लचकदार उत्पादन गर्ने र यसले सिमेन्टसँग राम्रो पकड राख्ने बताएका छन्।

भारतबाट बिलेट आयात गरी फलामे डण्डी उत्पादन गर्ने अर्ध तयारी उद्योगको विकल्पमा स्वस्तिक रोलिङले कच्चा पदार्थमा आधारित उद्योगबाट ‘बजरंग’ब्राण्डका डण्डीहरु बजारमा पठाउन थालेको छ। नेपालमा खपत हुने एंगल, च्यानल र बिमको आयात करिब बन्द भइसकेको बताउँदै, निर्देशक राठीले भने, ‘कच्चा पदार्थमा आधारित फलाम उद्योग स्थापना भएसँगै यी वस्तुहरु नेपालमै उत्पादन हुन थालेका छन्। धेरै प्रकारका डण्डी नेपालमै उत्पादन हुन थालेको र यहाँ उत्पादन नभएका केही मात्र अहिले भारतबाट आयात भइरहेका छन्।’

स्वदेशी कच्चा पदार्थको रुपमा नेपालमै पाइने ७० प्रतिशत कवाडी (स्क्रयाब)प्रयोग गरेर डण्डीलगायतका सामान उत्पादन भइरहेको छ भने गुणस्तीय बनाउन ३० प्रतिशत स्पन्ज आयात गरी प्रयोग गरिएको छ। ‘बजरंग’ब्राण्डका उत्पादनहरुलाई गुणस्तरीय बनाउन भारतको टाटा कम्पनीबाट स्पन्ज आयात गरी प्रयोग गरिएको हुँदा गणस्तरमा कुनै कमी नआउने बताउँदै, निर्देशक राठीले भने, ‘हाम्रो उत्पादनको गुणस्तर कम हुन नदिनका लागि विश्वमा प्रख्यात कम्पनी टाटाबाट स्पन्ज ल्याएर उत्पादन गर्दै आएका छौं। कम्पनीले उत्पादन गरेका हरेका किसिममा डण्डीहरु गुणस्तर परीक्षण गरेर मात्रै बजारमा पठाउने हुँदा गुणस्तरमा कुनै कमी छैन। बजारमा हाम्रो उत्पादनको माग धेरै छ। त्यसलाई पूरा गर्न सकेका छैनौं।’

‘बजरंग’ब्राण्डका उत्पादन गुणस्तरीय भएकाले उपभोक्ताले रुचाएका कारण यसले चाँडै नै बजार लिएको निर्देशक राठीले बताए। उनले ‘बजरंग’ब्राण्डका डण्डी एक पटक किनेका ग्राहकले खोज्दै पुनः त्यही लिने गरेको व्यापारहरुले बताए। विर्तामोडका प्रकाश चौधरीले ‘बजरंग’ब्राण्डका डण्डी बेच्न गाह्रो नभएको बताए। उनले यो कम्पनीको डण्डी ‘पुस सेल’ गर्नु परेन किनभने एक पटक प्रयोग गरेका ग्राहक आफू आउने मात्रै नभई अरुलाई पनि ल्याउने गर्दा सजिलो भएको छ।

भारतबाट अर्ध तयारी वस्तु ल्याउनुभन्दा कच्चा पदार्थमा ल्याएर उत्पादन गर्दा बढी फाइदा हुने निर्देशक राठीले बताए। उनले भने, ‘कच्चा पदार्थ ल्याएर उत्पादन गर्दा मूल्य अभिवृद्धि भई राज्यलाई राजश्व वृद्धि हुने र उपभोक्तालाई पनि सस्तो हुनेछ। ६० प्रतिशत उत्पादन गर्दै आएको उद्योगले  पुस मसान्तभित्र शतप्रतिशत उत्पादन गर्ने छ। अहिले ३ सय जनाले काम गर्दै आएका छन् भने पूर्ण रुपमा उद्योग सञ्चालनमा आएपछि ५ जना बढीले रोजगारी पाउने छन्। कच्चा पदार्थमा आधारित उद्योगहरु सञ्चालनमा आएपछि मूल्य घटेको छ। यस अघिसम्म मूल्य अभिवृद्धि करबाहेक प्रतिकिलो १ सय ५ रुपैयाँमा बिक्री हुँदै आएको डण्डी अहिले ८८ रुपैयाँमा कारोबार भइरहेको जानकारी दिए।  

प्रकाशित: ८ पुस २०७९ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App