२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

लक्ष्मी इन्टरकन्टिनेटलद्वारा मस्तिष्कघात भएका व्यक्तिलाई सहयोग

लक्ष्मी इन्टरकन्टिनेटलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ।

लक्ष्मी ग्रुपको ४९ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त सहयोग गरेको हो। सेरेब्रल पल्सी सेन्टरको माग अनुुसार सो सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ।

हुन्डाई नेपालले हुन्डाई मोटरको ‘मोबिलिटी’ सँग सबैलाई जोड्ने उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ। ‘मोबिलिटी’ सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिष्कघात भएका व्यक्तिहरूलाई गतिशीलतामा सहज पहुँच सनिुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू गर्दै आएको जनाएको छ।

यसका साथै सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले सेरेब्रल पल्सी नेपालसँग आबद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ। उक्त कार्यशालाको निर्माणले समूहलाई आर्थिक भार घटाएर आत्मनिर्भर बनाउने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: ७ पुस २०७९ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App