३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

मन्जुश्री फाइनान्सले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

मन्जुश्री फाइनान्सले अनलाइन सेवा मार्फत खाता खोल्ने सुविधा ल्याएको छ। ग्राहकलाई रेमिट्यान्स लगायतका अन्य बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको फाइनान्सले अबदेखि अनलाइन सेवा मार्फत खाता खोल्ने सुविधा ल्याएको हो।  

यस्तै फाइनान्सले ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र एक वर्ष वा सो भन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बिमा समेत समावेश गरिएको जनाएको छ। यसको साथै स्मार्ट टेलरद्वारा भुक्तानी सेवा, क्युआर कोड भुक्तानी सेवा, मोबाइल बैंकिङ, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

संस्थाले २०७९ मंसिरसम्म १२ अर्ब ४५ करोड रूपैयाँ निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड रूपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ।

प्रकाशित: ५ पुस २०७९ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App