२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

इन्र्फमेटिक्स कलेजद्वारा दीक्षान्त समारोह सम्पन्न

इन्र्फमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न भएको छ। वार्षिक कार्यक्रम अनुसार कलेजले दीक्षानन्त समारोह आयोजना गरेको जनाएको छ।

समारोहमा स्नातक तह अन्तर्गत बिएससी (अनर्स) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १८१ विद्यार्थी सहभागी भएका थिए। समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक उत्तीर्ण गर्ने १३ र बिएससी (अनर्स) कम्प्युटिङ तह पूरा गर्ने १६८ विद्यार्थी गरी जम्मा १८१ विद्यार्थी दीक्षित भएका थिए। बेलायतको लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेज इनोभेट नेपाल समूहद्वारा सञ्चालित छ ।

प्रकाशित: ४ पुस २०७९ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App