१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जर्मन प्रविधिबाट नेपालमा चाइनिज इँटा उत्पादन हुने

नेपालमा जर्मन होफम्यान प्रविधिबाट इँटा उत्पादन सुरु हुने भएको छ। अबको तीन महिनापछिबाट इँटा उत्पादन सुरु हुने जनाइएको छ। यसको लागि पोखराको पोल्याङमा पोखरा इको रेड ब्रिक्स प्रालिले आफ्नै एक सय रोपनी क्षेत्रफलमा कारखाना बनाउँदै गरेको छ। झण्डै ५० करोड लगानीमा त्यहाँ उद्योग खुलेको हो।

पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पु¥याएको हो। नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको हो। कम्पनीका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले अन्तिम तयारी गरिरहेको जनाए। 'फाल्गुन महिनाबाट हाम्रा इँटाहरू बजारमा आउन थाल्ने छन्।' उनले भने।

नेपालमा चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इँटा उत्पादन हुँदै आए पनि त्यो वास्तवमा जर्मन प्रविधि रहेको जनाइएको छ। अहिले पोखरामा सञ्चालन गर्न लागिएको इँटा उद्योग यस्तै जर्मन प्रविधिमा आधारित भएको जनाइएको छ।

यो प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्ने गर्दछ। मेसिनले इँटा पार्नेदेखि इँटा निकाल्नेसम्मको सबै काम गर्ने जनाइएको छ। अहिले नेपालमा इँटा पार्ने काम मानिसबाट हुने गर्छ।

यो प्रविधिबाट इँटा उत्पादन गर्दा १२ महिना नै कारखाना सञ्चालन हुने गर्दछ। इँटा घाममा राखेर नभई आफैँ सुक्ने बनाइने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इँटा बनाउन सकिने भएको हो। अन्य सामान्य इटाभट्टाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्दछन्। प्रत्येक वर्ष मंसिरमा सुरु भई चैत वैशाख महिनामा उद्योग बन्द हुने गर्दछन्। असारमा पानी पर्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्दछन्।

पोखरा इको रेड ब्रिक्स प्रालिले भक्तपुरको जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग प्रालिले जस्तै १२ नै महिना सञ्चालन गर्न सकिने उद्योग सञ्चालनमा ल्याउन लागेको हो। इँटाको बढ्दो मागलाई ध्यानमा राखी प्रालिले यस्तो उत्पादन थाल्न लागेको जनाएको छ।

नेपालमा पहिलादेखि चल्दै आएका दुई वटा चाइनिज इँटा उद्योग भक्तपुर इँटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इँटा तथा टायल उद्योग छन्। तीमध्ये अहिले ललितपुरको हरिसिद्धिस्थित इँटा तथा टायल उद्योग बन्द भइसकेको छ। यता भक्तपुरको इँटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ३ पुस २०७९ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App