१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

आयल निगमले घटायाे इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ / ३ रुपैयाँ घटाएको हो।

घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल / मटितेल १७५ पर्नेछ। यसअघि पेट्रोल लिटरको १८१ र डिजेल मटितेल १७८ रुपैयाँ थियो।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो। 

प्रकाशित: १ पुस २०७९ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App