समृद्धि फाइनान्सले बनेपामा न्यानो लुगा वितरण गरेको छ। फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपा वडा ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको हो।
फाइनान्सले समय समयमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जनाएको छ। यसका साथै फाइनान्सले ३ महिनाको मुद्दति निक्षेपमा १३ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत व्याजदर सहितका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ।
प्रकाशित: २९ मंसिर २०७९ ०२:३२ बिहीबार