१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

भोलि देखि विराट एक्स्पो सुरु हुने

विराटनगरमा भोलि देखि हुने विराट एक्स्पोको तयारी पुरा भएको छ।

एक्स्पोको स्टल निर्माण लगायतका सबै तयारी पुरा भइसकेको विराट एक्स्पो आयोजक समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिए।

विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनी विगतमा भन्दा फरक र भव्य हुने आयोजक समितिको दाबी छ। एक्स्पोका संयोजक दुलालले विगतका भन्दा फरक तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए।

उनले नयाँ प्रविधिको प्रयोग गरेर एक्स्पो आयोजना गर्न लागिएको बताए। प्रविधिसँगै एक्स्पोमा रोवटसँग भेटघाट, भीआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउन्टेन फ्लाइट, कृषि, पर्यटनको छुट्टै पेभेलियन रहेको छ। उद्योग, व्यवसाय, कृषि, पर्यटनलगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने आयोजकको दाबी छ। नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो अत्यन्तै उपयोगी हुने दुलालले बताए।

उनले भने ‘एक्स्पोमा  स्टार्टअपको छुट्टै पेभेलियन राखिने  भएकाले नयाँ उद्यम, व्यवसाय गर्न चाहने र नयाँ सोच भएका युवाहरूका लागि एक्स्पो उपयोगी हुने छ।’  

एक्स्पोमा विभिन्न क्षेत्रका ४ सय ७५ प्रबद्र्धकहरू सहभागी हुने भएकाले नयाँ सोच भएका युवाहरू, नयाँ व्यापार व्यवसाय गर्न चाहनेहरू, किसान, पर्यटन व्यवसाय गर्ने सोचभ एकाहरूले एक्स्पोबाट लाभ लिन सक्नेछन्।

एक्स्पोमा विभिन्न स्थानीय परिकारका स्वादहरू पनि अवलोकनकर्ताहरूले लिन पाउनेछन्। एक्स्पोमा विशेष छुट र अफरहरूमा दैनिक उपभोग्य बस्तुहरू,कपडा,प्लास्टिकका भाँडा वर्तनहरूलगायतका सामग्रीहरू उपलब्ध हुने छ। यस्तै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति पनि एकस्पोको आकर्षण हुने छ। बालबालिकाहरूका लागि विभिन्न खेल सामाग्रीहरू पनि एक्स्पोमा राखिएको छ।  

प्रकाशित: २८ मंसिर २०७९ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App