१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सरकारी निकाय र अन्तर मन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्याः उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या भइरहेको बताए।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। वरिष्ठ उपाध्यक्ष ढकालले मन्त्रालय र सरकारी निकायहरुबीचको समन्वयको कमीले अवसर हुँदासमेत विकास निर्माणका कामले गति लिन नसकेको बताए।

उनले नयाँ बन्ने सरकारले अन्तरमन्त्रालय र सरकारी निकायबीचको समन्वयका बारेमा ध्यान दिनुपर्ने बताए। सरकारले नेपालको आर्थिक विकासमा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनले बताए। उनले निजी क्षेत्रले उठाएका मागहरु निजी क्षेत्रका समस्या मात्रै हुन् भन्ने हिसावले प्रचार भइरहेको भन्दै यस्ता प्रचार गर्न नहुनेतर्फ सचेत गराए।  

प्रकाशित: २८ मंसिर २०७९ ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App