४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

विनोद पहाडीलाई 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार' प्रदान

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार'–२०७८ विनोद पहाडीलाई प्रदान गरिएको छ।

संविधानसभा सदस्य समेत रहेका पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गरेको हो।

७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा १ लाख १० हजार पुरस्कार राशि र सम्मान पत्रसहित पहाडीलाई पुरस्कृत गरिएको हो। शान्ति समाजद्वारा मंसिर २५ गते बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले विनोद पहाडीलाई १ लाख १० हजार पुरस्कार राशि र सम्मान पत्र प्रदान गरेका थिए।

शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, पुरस्कृत व्यक्तित्व विनोद पहाडी, शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँड, वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईँ, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, पत्रकार महासङ्घ रुपन्देही सभापति रामराज पोखरेल, अधिकारकर्मी रिमा बिसि, रुपन्देही शाखा सभापति खिमप्रसाद भट्टराई (कृष्ण) लगायत वक्ताहरूले आफ्नो भनाइ राखेका थिए।

पुरस्कृत विनोद पहाडी नेपाल राष्ट्रिय दलित संघको संस्थापक अध्यक्ष हुन्।                 

प्रकाशित: २५ मंसिर २०७९ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App