coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आइएमई बन्यो नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनी

कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२ औँ साधारणसभा सम्पन्न भएको छ। नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौंमा सम्पन्न गरेको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।

साधारणसभामा आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकको सुझाव र सल्लाहकै वाबजुद सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे।

त्यसैगरी आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यावसायिक दायरा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए।

अब नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।

प्रकाशित: २५ मंसिर २०७९ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App