१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भिमकुल सहकारीद्वारा २५ करोड भन्दाबढि ऋण लगानी

फोटो: साधारण सभाको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गर्दै भिमुकल सहकारी संस्था लिमिटेडका पदाधिकारीहरु।

गोरखाको भिमसेन थापा गाउँपालिका ७ मा रहेको भिमकुल बचत तथा ऋण सहकारी संस्थाले २५ करोड भन्दाबढि ऋण लगानी गरेको छ। २७ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष कृष्णकुमार श्रेष्ठले गत कात्तिक मसान्त सम्म २५ करोड ४३ लाख ५६ हजार पाँच सय ३३ रुपैयाँ ऋण प्रवाह भएको बताए। 

३ करोड ४३ लाख शेयर पुँजी रहेको सहकारीको दुई करोड ७३ लाख जगेडा कोष छ। २५ करोड १५ लाख निक्षेप रहेको छ भने ६ करोड ५९ लाख नगद तथा बैंक मौज्दात रहेको सहकारीका अध्यक्ष श्रेष्ठले बताए। कुल पुँजी एवं दायित्व ३४ करोड ६४ लाख रहेको छ। २६ दशमलव २२ प्रतिशत तरलता रहेको साधारण सभामा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ। 

२०५२ सालमा ३१ जना सदस्यबाट सुरु भएको भिमकुल बचत तथा ऋण सहकारी संस्थामा अहिले तीन हजार आठ सय ५९ सदस्य छन्। यी मध्ये महिला दुई हजार ३९ जना, पुरुष एक हजार सात सय ६३ जना र संस्थागत सदस्य ५७ रहेको सचिव भूमि गोतामेले बताए। 

भिमुकलले दुई पटक प्रोबेशन ब्राण्ड, गण्डकी प्रदेशको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भईसकेको छ। ‘दिगो गुणस्तरीय, उत्कृष्ट ब्यवशायिक सहकारी संस्था’ भन्ने परिकल्पनाका साथ चार वर्षे रणनीतिक योजना तयार पारेको छ। २०८२ सम्म लक्ष्य पुरा गर्ने उद्देश्य रहेको सचिव गोतामेले बताए। 

२१ वटा नीति, आठ वटा निर्देशिका, सात वटा कार्यविधी लागु गरिएको अध्यक्ष श्रेष्ठले बताए। आफ्नै भवनबाट बित्तिय सेवा दिँदै आएको भिमकुल सहकारीले ई बैङकिङ, एसएमएस सेवा जस्ता कार्यक्रम संचालन गर्दै आएको छ। 

शुक्रवार सहकारी संस्थालेगोरखा स्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ। सहकारीले चामल, तेल, चिउरा, भुजा लगायतका खाद्यान्न सहयोग गरेको संस्थाका सचिव भूमि गोतामेले बताए। संस्थाको समुदाय प्रतिको उत्तरदायित्व अन्तरगत २७ औँ साधारण सभाको अवसर पारेर सहकारीका अध्यक्ष कृष्णकुमार श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा सहकारीका पूर्व अध्यक्षहरु, पदाधिकारी, ब्यवस्थापक लगायतको उपस्थिती थियो। सहकारीले आफ्ना शेयर सदस्यको हित हुनेगरी बिभिन्न खालका कार्यक्रम र सहज ऋण लगानी गर्दै आएको उनीहरुले बताए। 

प्रकाशित: २३ मंसिर २०७९ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App