४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइएमई अफरको अन्तिम नतिजा सार्वजनिक

आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफरको विजेता मेखलाल तामाङ बनेका छन्। मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रूपैयाँ पठाएका तामाङले नगद १० लाख रूपैयाँ उपहार स्वरूप प्राप्त गरेको कम्पनीले जनाएको छ। आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र ब्राण्ड एम्बेसडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्धतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए।

प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरु गरिएको जानकारी गराए।

प्रकाशित: २३ मंसिर २०७९ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App