१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा लेबनान भिसा आवदेन केन्द्र सुरू

 

काठमाडौको ठमेल स्थित छाँया मलमा लेबनान भिसा आवदेन केन्द्र सुरू भएको छ। राईजिंग ग्लोबलले काठमाडौंमा डु डिजिटल ग्लोबलसँगको साझेदारीमा लेबनान भिसा आवेदन केन्द्रको उद्घाटन गरेको  हो।

भिसा आवेदन केन्द्रका  दुई काउन्टरहरुमा  सेवाग्राहीलाई निशुल्क इन्टरनेट, भिसा फारमहरू भर्न आवेदकहरूलाई सेल्फ हेल्प डेस्क,फोटोकपी सेवा, निजी लाउन्ज, र कुरियर सेवाहरू पनि सामान्य शुल्कमा उपलब्ध गराईने राईजिंग ग्लोबलले जनाएको छ।  

लेबनान भिसा आवेदन केन्द्रले लेबनान दूतावासको सहयोगमा सेवाग्राहीका लागि झन्झट रहित तथा न्युनतम शुल्कमा भिसा सम्बन्धी कागजातहरूको सेवाहरु पनि प्रदान गर्ने जनाएको छ । राईजिंग ग्लोबलका सीईओ भरत राईले नेपालमा  लेबनान भिसा आवेदन केन्द्र स्थापना पछि लेवनानको  पर्यटन बृद्धि गर्न पनि सहयोग मिल्ने बताउनु भयो ।  

छायाँ मलको पहिलो तल्लाको पसल नं.२३३ र २३४ मा रहेको भिसा आवेदन केन्द्र विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ला रहनेछ ।  यो भिसा आवेदन केन्द्र नेपालमै खुलेपछि भिसा आवदेन बुझाउन र प्राप्त गर्न भारत जान पर्ने झन्झटबाट नेपाली सेवाग्राही मुक्त हुनेछन ।  यस अघि डु डिजिटल ग्लोबलले ग्रीस भिसा आवेदन केन्द्र पनि नेपालमा संचालन ल्याइसकेको छ । नेपाल बाहेक डु डिजिटल ग्लोबलले श्रीलंका, बंगलादेश र भारतमा पनि भिसा आवदेन केन्द्र संचालन गरेर सेवा प्रदान गरिरहेको छ ।  

प्रकाशित: २० मंसिर २०७९ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App