१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नारायणगढको क्याम्पाचौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने

नारायणगढको क्याम्पाचौरामा ‘चितवन म्युजिक फेस्ट’ हुने भएको छ। डिजिफ्लाई बाण्डिङ एजेन्सीले एस्ट्रल यूथ सोसाईटीसंग सहकार्य गरी पौष १६ र १७ गते ‘चितवन म्युजिक फेस्ट’ को आयोजना गर्न लागेको हो।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टको आयोजना गरिएको डिजिफ्लाई बाण्डिङ एजेन्सीका प्रमुख प्रसुन श्रेष्ठले जानकारी दिए। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति सँगै फुड स्टलहरू पनि रहने उनले बताए। फेस्टमा सविना राई, नवीन के भट्टराई, कबवेब ब्यान्ड, कालीप्रसाद बास्कोटा, दि एलिमेन्ट्सको प्रस्तुति रहनेछ।

चितवन म्युजिक फेस्ट भएता पनि यसको फुडका लागि १७ वटा स्टल निःशुल्क उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ। साथै त्यहाँ गेम स्टल, फेस पेन्टिङ स्टल पनि उनले जानकारी दिए। कार्यक्रम सम्पन्न गर्न ६५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

त्यसमध्ये ४० प्रतिशत स्पन्सर खोज्ने तयारीमा आयोजक छ। बाँकी खर्च टिकटबाट उठाउने तयारी गरिएको एस्ट्रल यूथ सोसाइटीका अध्यक्ष प्रकाश भुजेलले बताए। टिकट शुल्क पाँच सय र एक हजार रुपैयाँ राखिएको छ।

दश हजार दर्शकले कार्यक्रम अवलोकन गर्ने अनुमान आयोजकको छ।

प्रकाशित: १७ मंसिर २०७९ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App