२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

हिमालयन बैंकले डिस्कभर्सका कार्ड स्वीकार गर्ने

हिमालयन बैंकले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने व्यवस्था सुरु गरेको छ।

बैंक तथा डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्क बीच भएको उक्त व्यवस्थाले कार्डवाहकहरूलाई उनीहरूको सुविधाको लागि नेपालका विभिन्न मर्चेन्टहरूमा भुक्तानी गर्ने विकल्प उपलब्ध भएको बैंकले बताएको छ।

बैंकका अनुसार डिस्कभर्स कार्ड स्वीकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरूले उक्त नेटवर्कका विश्वभरि फैलिएका २८ करोड ग्राहकहरूले वार्षिक रूपमा ५०० अर्ब डलर बराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्ने जनाएको छ।

बैंकले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रहरूमा विभिन्न होटल, रेष्टुरेन्ट, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरूमा रहेका आफ्ना पस मेसिनहरूमा उक्त कार्ड स्वीकार गर्ने जनाएको छ। बैंकका अनुसार डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्सको लोगो भएको मर्चेन्टहरूले डिस्कर्भस अन्तर्राष्ट्रिय नेटवर्कद्वारा जारी भएका कार्ड स्वीकार गरिने जनाएको छ।

बैंकले पर्यटकहरूलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरूलाई उक्त कार्ड स्वीकार गर्ने अवसर दिएको जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७९ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App