गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्माले नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ का लागि आर्थिक सहयोग गरेका छन्।
डिसेम्बर ११ देखि १२ सम्म कतारको दोहामा हुने सम्मेलनका लागि शर्माले इभेन्ट पार्टनरका रूपमा आर्थिक सहयोग गरेका हुन्। सम्मेलन आयोजकले उनको सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
आयोजकका अनुसार शर्माले सम्मेलनलाई आफ्नै अभियान र पहलको निरन्तरताका रूपमा लिँदै सहयोग गरेका हुन्। मध्यपूर्व क्षेत्रप्रति उनले देखाउँदै आएको आत्मीयता, सद्भाव र संस्थाप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको आयोजकले जनाएको छ।
विशेषगरी मध्यपूर्व क्षेत्रमा संस्थागत एकता, सहकार्य र गैरआवासीय नेपाली अभियानलाई बलियो बनाउन शर्माले पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको आयोजकको भनाइ छ।
शर्माको सहयोगले सम्मेलनको गरिमा र सफलतालाई थप उचाइ दिएको आयोजकले जनाएको छ।
प्रकाशित: ८ मंसिर २०८३ ०९:२४ मंगलबार




-600x400.jpg)
