२ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

एनआरएनए महाधिवेशन : आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित भएका छन्।  

मंगलबार भएको निर्वाचनमा ६९५ मत प्राप्त गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी ओम अधिकारीले ६५५ मत ल्याए।  

खुला उपाध्यक्षमा अविषेक बोगटी र बल बहादुर क्षेत्री, महासचिवमा प्रविन बराल, सचिवमा विकास पण्डित, कोषाध्यक्षमा अमृत कुमार तामाङ र सहकोषाध्यक्षमा राजेन्द्र न्यौपाने निर्वाचित भएका छन ।  

यस्तै, युवा उपसंयोजक पदमा उज्ज्वल खड्का, कार्यसमिति सदस्यमा ज्योत्सना अधिकारी, मन कुमार राई, रेजिन कार्की, सतीश पराजुली र विवेक रिमाल विजयी भए।  

यस्तै, आइसीसी सदस्यमा प्रकाश सापकोटा निर्वाचित भएका छन् । भेरो प्रविधिमार्फत सम्पन्न निर्वाचनको नतिजा निर्वाचन आयुक्त शुक्रराज न्यौपानेले सार्वजनिक गरेका थिए।

प्रकाशित: ३२ असार २०८२ १६:३१ बुधबार

#NRNA #NagarikNews #NepaliNews