५ भाद्र २०८२ बिहीबार
image/svg+xml १३:२२ अपराह्न
प्रवास

एनआरएनए अधिवेशनः २३ वटा एनसीसीले पाए नेतृत्व, अगस्ट १० देखि प्रतिनिधिलाई आवेदन खुल्ने

फाइल तस्बिर

आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए)को १२औँ अधिवेशनका लागि हालसम्म २३ वटा एनसीसीका निर्वाचन सम्पन्न भएका छन् । 

आइतबार र सोमबार थप ७ देशमा निर्वाचन हुने एनआरएनएले जनाएको छ। बाँकी एनसीसीहरूले आगामी जुलाई ३१ सम्म निर्वाचन सम्पन्न गरिसक्नु पर्नेछ ।  

१२औँ अधिवेशनका लागि प्रतिनिधिको आवेदन अगस्ट १० देखि २० गतेसम्म  Smart NRNA App मार्फत् खुला गरिनेछ। प्राप्त आवेदनहरूबाट विधानमा तोकिएको प्राथमिकताको आधारमा अगस्ट महिनाको अन्त्यसम्म प्रतिनिधिको नामावली तयार गरिनेछ।  

हालसम्म निर्वाचित भएका एनसीसी प्रतिनिधिहरूः

१, स्विजरल्याण्ड – विष्णुप्रसाद थापा

२, न्यूजील्याण्ड – डा.अच्युत अर्याल

३, फ्रान्स – मिनकुमार श्रेष्ठ

४, हङ्गेरी – नारायणप्रसाद भण्डारी

५, दक्षिण सुडान – रामप्रसाद पाध्या

६, युगान्डा – रमा अर्याल

७, चेक गणराज्य – छविलाल कँडेल

८, आयरल्याण्ड – चेतराज ओली

९, स्विडेन – राजेन्द्र तामाङ

१०, साउदी अरब – उमेश भट्टराई

११, पोर्चुगल – बमबहादुर जि।सी।

१२, नेदरल्याण्ड्स – सबु पौडेल

१३, अमेरिका – विकास उप्रेती (घोषणा हुन बाँकी)

१४, मकाउ – युवराज नेउपाने

१५, हङकङ – अनु राई

१६, अष्ट्रिया – विनोद चौलागाईं

१७, अष्ट्रेलिया – सन्तोष कुँवर

१८, स्पेन – सन्तोष श्रेष्ठ

१९, बेलायत – राजेन्द्र पुडासैनी

२०, पोल्यान्ड – रिता नेउपाने

२१, दक्षिण कोरिया – पार्वती तामाङ

२२, कम्बोडिया – शिवराज पराजुली

२३, चीन - मुकुन्द ढकाल

निर्वाचन हुँदै गरेका देशहरूः

२४, जापान

२५, इजरायल

२६, क्यानडा

२७, मलेसिया

२८, बेल्जियम

२९, कङ्गो

३०, टर्की

प्रकाशित: ११ श्रावण २०८२ १७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App