५ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

कथा वाचक कुवेर सुवेदी बेलायतमा, जन्माष्टमीमा भागवत कथा सुनाउने

महापुराण प्रवक्ता पण्डित कुवेर सुवेदी बेलायत आएका छन्। सुवेदी श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बेलायतमा श्रीमद्भागवत कथा सप्ताहमा सहभागी हुन सोमवार साँझ लण्डन आएका हुन्। 

धर्मदर्शन फाउन्डेसन नेपाल र बेलायत निवासी भक्तजनहरूको सक्रियतामा श्रीमद्भागवत कथा सप्ताह आगामी अगस्ट १२ देखि १८ तारिखसम्म साउथलस्थित विश्व हिन्दु मन्दिरमा आयोजना हुँदैछ। कार्यक्रम प्रत्येक दिन साँझ ४ बजेदेखि एक हप्तासम्म सञ्चालन हुनेछ।

१८ महापुराण प्रवक्ता पण्डित सुवेदीले नेपालका विभिन्न स्थानमा विशेष गरी चितवनस्थित देवघाट आश्रममा दैनिक तीन सयभन्दा बढी भक्तजनलाई निःशुल्क भोजन तथा बसोबासको व्यवस्था गर्दै आएका छन्।

धर्मदर्शन युट्युबमार्फत विश्वभर धार्मिक जागरण, भक्ति–ज्ञान तथा आध्यात्मिक कथा प्रवचन गर्ने सुवेदीले बेलायतमा पनि कथा, प्रवचन र भजन–कीर्तन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन्। फाउन्डेसनले बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई तन, मन, धनद्वारा सहयोग गर्न, कथा श्रवण गर्न र प्रसाद ग्रहणका लागि परिवारसहित उपस्थित हुन हार्दिक आमन्त्रण गरेको छ।

यसैबिच, आगामी १६ अगस्टका दिन श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा आयोजना गरिने पनि फाउन्डेसनले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८२ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App