१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
प्रवास

कार्यवाहक नेपाली राजदूतले भनेः नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ

अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन्। अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को राष्ट्रिय सम्मेलनलाई शनिवार सांझ सम्बोधन गर्दै उनले नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिनसक्ने जिकिर पनि उनले गरे।  

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसहरुलाई नेपाल सरकारले पहिचान दिनुपर्ने धारणा राखेपछि राजदूत आरणले सो कुरा बताएका हुन्।  अध्यक्ष अधिकारीले विदेशी भएर होइन पुस्तौ पुस्ताअघि नेपालबाट वाहिर गएका नेपाली मूलका मानिसहरु नेपाली जातिकै प्रतिनिधिका रुपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार भएको तर नेपाल सरकारले आफ्नै सन्ततिहरुलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राखेका थिए।  

कार्यक्रममा कार्यवाहक राजदूत आरणले धेरै पुस्तादेखि संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरुलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे राजदूतावास छलफल गर्न तयार रहेको र अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुको मागलाई नेपाल सरकारसम्म आफूले पुर्याउने बताए।  

सो अवसरका अमेरिकाको ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओको केन्द्रीय सचिवालय सदस्य डा.दामोदर पौडेलले नेपाली जातिका मानिसहरुलाई नेपालसंग जोड्ने एएनओको अभियानले तिब्रता लिएको र यसले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे।  

नेपाली भूमिमै नेपाली जातिको आफू शरणार्थीको जीवन विताउनु परेको दुखद अवस्थाबारे बोल्दै एएनओका बोर्ड अफ ट्रष्टी सदस्य ओमराज गुरुंगले जस्तोसुकै मुस्किल परेको अवस्थामा पनि आफूहरुले नेपाली पन, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै आएको बताए।  

राष्ट्रिय सम्मेलनमा एएनओका महासचिव चूडामणि भट्टराईले डा.भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकाको राष्ट्रिय समिति गठन भएको घोषणा गरे। उनले अमेरिकाको विभिन्न राज्यबाट प्रतिनिधिका रुपमा भाग लिन आउनु भएका सामाजिक कार्यकर्ताहरुलाई नेशनल डेलिगेट कमिटीमा चयन गरिएको जानकारी पनि दिए।

समितिको उपाध्यक्षमा डा.सन्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिव चन्द्र पराजुली, कोषाध्यक्ष तृष्णा चिमोरिया, सहायक कोषाध्यक्ष सब्या विष्ट र प्रबक्तामा केशब आचार्य चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा सुवोध घिमिरे, पुनम दुलाल, रनसिंह मगर, गण्डकी पुत्र, दीपकजंग विश्वकर्मा, डा. जोन मगर, डा.ऋषि बस्ताकोटी, गंगा बस्नेत, युवकरत्न तुलाधर, राम श्रेष्ठ, श्रृष्टि राई, मनोज जोशी, टीबी गुरुंग, निशा गुरुंग छन्।  

त्यसैगरी नेशनल डेलिगेट कमिटीमा उपेन्द्र लुईटेल, रुपेश उप्रेती, केशब पौडेल, मेलिना मोक्तान, मन न्यौपाने, मुस्कान बालाम्पाकी मगर, तमन्ना गुरुंग, विकास घले, नबीन भट्टराई, अभिशेष थापा, रेनु न्यौपाने, माधव पोख्रेल, लक्ष्मी संग्रौला र घनश्याम रसाइली चयन भएका छन्।  

नवनिर्वाचित कमिटीका अध्यक्ष डा.भुवन गौतमले संगैका साथी नेपाल जांदा एकजना गैरआवासीय नेपाली भएर जान पाउने आफू भने विदेशी भएर भिषा लिएर जानुपर्ने वाध्यता रहेको बताए। इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको गायन तथा नृत्य कक्षाका विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने आकर्षक नृत्य र राष्ट्रिय गीतहरु प्रस्तुत गरेको सो कार्यक्रममा स्थानीय नेपालीहरुको ठूलो उपस्थिति रहेको थियो।  

कार्यक्रममा स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर नेपाली मूलकी विनिता पुरी राईलाई सम्मान गरिएको थियो । नेपाली मूलका मानिसको पहिचान गरी उनीहरुलाई परिचय पत्र उपलब्ध गराउने मागसहितको स्मरण पत्र कार्यवाहक राजदूतलाई हस्तान्तरणसमेत गरिएको थियो।

प्रकाशित: २३ कार्तिक २०८२ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App