७ चैत्र २०८२ शनिबार
image/svg+xml
प्रवास

इयु–भारत विज्ञप्ति अन्तरार्ष्ट्रिय कानुको उल्लंघन: संयुक्त नेपाली मोर्चा

लन्डन—युरोपियन युनियन र भारतले गत बिहीबार बेल्जियमको ब्रसेल्समा जारी गरेको संयुक्त विज्ञप्तिको यूरोपबाटै विरोध भएको छ। यूरोपस्थित संयुक्त नेपाली मोर्चाले शुक्रवार विज्ञप्ति जारी गर्दै भारतले आफ्ना असन्तुष्टिलाई अन्तरार्ष्ट्रिय फोरमहरुमा छलफल चलाउनु मोदी सरकारको अतिवादी सोच भएको जनाएको छ।मोर्चा अध्यक्ष सुरेन्द्र भुसाल लगायत युरोपस्थित करिब २ दर्जन देशका शाखा अध्यक्षद्धारा जारी विज्ञप्तिमा नयाँ संबिधानले नेपाललाई धर्म निरपेक्ष, स्थानीय निकायलाई अधिकार सम्पन्न गराउनुका साथै संघिय गणतन्त्रिक नेपालको निर्माण गर्न सफल भएको उल्लेख छ। मोर्चाले संसारका कुनै पनि देशको संबिधान एकै पटकमा पूर्ण नभएको विज्ञप्तिमा उल्लेख गर्दै नेपालको संविधान पनि जनताको चाहनाअनुसार परिवर्तन हुँदै जानेमा नेपाली जनता सचेत रहेको जनाएको छ।

विज्ञप्तिमा भरत जस्तो संसारको ठूलो लोकतान्त्रिक मुलुकले लोकतन्त्रका मूल्य मान्यताभन्दा प्रभुत्ववादी महत्कांक्षा राखेर नेपाललाई अस्थितरतातर्फ धकल्दै सिक्किमीकरणको बाटोमा लान खोज्नेको आरोप लगाएको छ।

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी कार्यले अपार जलस्रोत माथिको हैकमलाई कायम राख्न चाहेको मोर्चाको ठहर छ। मोर्चाले इयु— भारत संयुक्त विज्ञप्तिलाई नेपालको सार्वभौम माथिको ठाडो हस्तक्षेप र अन्तराष्ट्रिय कानुन, मुल्य मान्यता विपरीत काम भनेको छ।

प्रकाशित: १९ चैत्र २०७२ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App