१२ श्रावण २०८१ शनिबार
image/svg+xml
प्रवास

तीज सकिएको एक सातापछि नेपाली दूतावास जापानमा आरजुका लागि दर खाने कार्यक्रम

क्याप्शन

'कहीं नभएको जात्रा हाँडीगाउँमा' भने झैं जापानको टोक्योस्थित नेपाली दुतावासले तिजको नाममा अनौठो अभ्यासको सुरूवात गरेको छ। नेपाली महिलाहरूको चाड तीज सकिएको एक हप्तापछी दुतावासले दर खुवाउने कार्यक्रम गरेपछि जापानबासी नेपालीहरु समेत अचम्मित भएका हुन्।

उपचारका लागि जापान आएकी प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेस नेतृ डा.आरजु राणालाई प्रमुख अतिथी बनाएर आइतबार आयोजना गरिएको कार्यक्रममा टोक्योबासी नेपाली चेलीहरूले पनि सहभागीता जनाए।

नेपाली चेलीहरूलाई दर खुवाउने नाममा डा.आरजु राणालाई खुसी पार्न एक सातापछि तीज कार्यक्रम आयोजना गरेको देखिन्छ, नाम उल्लेख नगर्ने सर्तमा एक पुराना एनआरएनए अभियन्ताले भने, 'यो सरासर राज्यको सम्पत्तीको दोहन हो। यसलाई रोक्नुपर्छ।'

प्रधानमन्त्री पत्नी स्वयम्ले पनि आफ्नो प्रमुख आतिथ्यमा राजदुत डा.दुर्गा सुवेदी दम्पत्तिले तीज कार्यक्रम आयोजना गरेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छिन्।

नेतालाई खुसी पार्न यस्ता बेमौसमी कार्यक्रम गर्दा दुतावासको गरिमा घट्छ, जापानका सक्रिय पत्रकार शान्त पहरीले भने, 'तिज,दशैं मात्र नभएर ल्होसार,उभौली पर्व जस्ता पर्वहरूलाई पनि दुतावासले उत्तिकै महत्व दिनपर्छ।'

प्रकाशित: २० भाद्र २०७९ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App