coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

दाहाल हिरोसिमा भ्रमणमा

जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले द्वितीय विश्वयुद्वमा आणविक बमले ध्वस्त जापानको हिरोसिमा स्‍मृति पार्क र संग्रहालय अवलोकन गरेका छन्।

दाहालले आइताबार बिहान भ्रमण टोलीका सदस्यहरु र पार्टीको जापानस्थित भातृसस्था नेपाली जनप्रगतिशिल मंच जापानका पदाधिकारीसहित संग्रहालय भ्रमण गरेका हुन्।

दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो। उक्त बम हमलामा हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको छ।

दाहाल हिरोसिमा भ्रमणबाट आजै टोकियो पुग्ने र साँझ नेपाली जनप्रगतिशिल मंच जापानले आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित: २२ श्रावण २०७९ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App