टाेकियो- विश्व काब्य यात्रामा निस्किएका कवि तथा गीतकार बसन्त चौधरिको १५ औ श्रृंखला टाेकियोमा सम्पन्न भएको छ। टाेकियो स्थित नेपाली दूतावास र अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा कला र साहित्यप्रेमी नेपालीकाे बाक्लाे उपस्थिति थियाे।
अमेरिकाबाट आफ्नो यात्रा सुरु गरेका चौधरिले हालसम्म बेलायत्, दुबइ, भारत, हङ्कङ, सिङ्गापुर लगायतका देशहरुमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेका छन्।
साहित्यमार्फत् विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने अभियान सहित यो यात्रा को थालेको उनले बताए। 'म साहित्यको म उपासना गर्छु', उनले भने।
कार्यक्रममा उनले प्रेमबिछोड, आमाको महत्व अनि परदेशिएका नेपालिहरुको पौरखी हातले विदेश सिँचन भैरहेको तर ती पौरखी हातहरु स्वदेश मै प्रयोग हुन नसकेको तितो यथार्थ लाई कविता,गजल र गीत को माध्यमबाट सुनाएका थिए।
प्रेम विछाेडका कुनै रचना अाफ्नाे जीवनसँग मेल खाने उनले बताए।
प्रकाशित: ९ कार्तिक २०७२ ०८:३७ सोमबार





-600x400.jpg)