१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

जापानमा दशैँको उल्लास

टोकियो (जापान)—काम र अध्ययनका लागि जापानमा बसोबास गर्दै आएका नेपालीले विजय दशमी उल्लासपूर्वक बनाएका छन्। मातृभूमिमा दशैँको सउल्लास छाइरहँदा जापानको विभिन्न सहरमा छरिएर रहेका नेपाली परिवारहरु टीका थापेका छन्। जमरा लगाएका छन्।

जापानी जीवनशैलीको व्यस्थताबीच नेपालीहरुले आफ्नो संस्कृतिलाई कायमै राख्दै दशैँ मनाएका हुन्। 'हाम्रो सन्स्कृति हामी जहाँ गए पनि हामीसँगै हुन्छ', १० वर्षदेखि जापानमा बसोबास गर्दै आएका क्लिनिकल मनोविज्ञ डा. विजय ज्ञवाली भन्छन्, 'जती व्यस्त भए पनि दशैँ चाहिँ जसरी पनि विदा मिलाएरै मनाइन्छ।'

japan dashain2

जापानमै बसोबास गर्ने इन्जिनियर अभिषेक सुवेदीले नेपालमा दशैँ नमनाएको १३ वर्ष पुगेको छ। 'सुरूमा अलिक नरमाइले लाग्थ्यो', उनले भने, 'हिजोआज बानी परिसक्यो। त्यही पनि दशैँ भन्दा निकै उत्साही हुन्छु।'
japan dashain1
अध्ययन, रोजगारी र व्यवसायमा संलग्न गरी जापानमा कारिब ५० हजारको हाराहारीमा नेपाली रहेको बताइन्छ। निधारमा रातो अक्षता र शिरमा जमरा सिउरिएका नेपालीहरु टोकियोको चोकचोकमा देखिन्थे।

प्रकाशित: ५ कार्तिक २०७२ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App