९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

एनआरएनए डेनमार्कको अध्यक्षमा दीपेन्द्र चुडाल निर्वाचित

कोपनहेगन– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको अध्यक्षमा दीपेन्द्र चुडाल निर्वाचित भएका छन्। चुडाले प्रतिस्पर्धी हेमप्रसाद अर्याललाई पराजित गरेका थिए।

Dipendra_Chudal11111111111111111.jpg

                                                                      नवनिर्वाचित अध्यक्ष दीपेन्द्र चुडाल।

अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य पदमा प्रविनकुमार प्रजापति छानिएका छन्। उनले मोहनराज मिश्रलाई पराजित गरेका थिए। संघका अन्य पधाधिकारी भने निर्विरोध निर्वाचित भए।

संघको उपाध्यक्षमा भुवन भट्ट र ईश्वर शर्मा, महासचिवमा गोविन्द पौडेल, सचिवमा रमेश काफ्ले, कोषाध्यक्षमा रमेश अधिकारी, युवा प्रतिनिधिमा प्रशान्त बानिया, महिला प्रतिनिधिमा जमुनादेवी रिजाल कँडेल निर्वाचित भएका छन्।

सदस्यहरुमा अशोक शर्मा, बैकुण्ठ खनाल, प्रशान्त सापकोटा, नवराज भट्टराई, कल्पना गौतम, मनिषा सिंह कोइराला, किशोर प्रसाई चुनिएका छन्।

मतदान डिजिटल प्रविधिबाट भएको थियो। डिजिटल प्रणालीमा एनआरएनएकै केही पदाधिकारीले अन्तिम समयमा रोक लगाउन खोजिए पनि निर्वाचन समितिको अडान र टेक्निकल टिमका संयोजक कुलराज शर्माले उनीहरुलाई मनाएका थिए।

प्रकाशित: १२ भाद्र २०७२ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App