२९ पुस २०८२ मंगलबार
image/svg+xml
प्रवास

एनआरएनए अध्यक्षमा रतन झाको उमेद्वारी घोषणा

अमेरिका–गैरआवासीय नेपाली संघका सल्लाहकार रतन झाले उअध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । , एनआरएनएको सातौं महाधिवेशनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनी एनआरएनएका पूर्व महासचिव र अहिले सल्लाहकार छन् ।अमेरिकाको वासिङटन डिसीमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको कार्यक्रममा उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ नेतृत्वका लागि अक्टोवर १४ देखि १७ सम्म एनआरएनएको सातौं महाधिवेशन र विश्व सम्मेलन नेपालमा हुँदै छ ।

झाले गैरआवासीय नेपाली अभियानले बोकेको उदेश्यहरुलाई मूर्त रुप दिन अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका थिए । संघ नामको आधारमा मात्रै नभई कामको आधारमा समेत चिनिनुपर्ने बताउँदै उनले स्थापनाकालदेखीका अग्रजलाई साथमा लिएर अगाडि बढ्ने बताएका थिए ।

झाले संघले घोषणा गरे अनुसारको भुकम्प प्रभावित क्षेत्रमा एक हजार घर बनाउने संकल्पलाई कार्यान्वयनमा पुर्याउन सबै शक्ति परिचालन गर्नुका साथै सरकारले दिएको जिम्मेबारी पूर्ण गर्ने बताएका थिए । उनले संस्थाको परिचय, समस्या पहिचान र संजालको निर्माणका बाह्र बर्षबाट पाठ सिक्दै संघको संस्थागत बिकाससंगै गुणात्मक उपलब्धि हाँसिल गर्ने समयको रुपमा उपयोग गर्नुपर्ने बताएका थिए ।

'संघको स्थायित्व सम्बन्धि सबै योजनाहरुलाई कार्यान्वयनमा ल्याई संघलाई एक कदम अगाडि स्थापित गराउन मेरो म कटिबद्ध रहनेछ,' उनले भने । उनले कार्यक्रममा आर्थिक समुन्नतिको धरोहर प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन आर्थिक कुटनीति तथा लगानी मैत्री वातावरणको निर्माणमा पहल गर्ने, वैदेशिक रोजगारबाट आर्जित सीप, ज्ञान र पूँजीको सही परिचालन गर्न तथा सामूहिक लगानीको अवधारणा मार्फत् मात्र समृद्ध राष्ट्रको सपना पूरा हुने भएकाले सो बचतलाई पूँजीमा परिणत गरी उत्पादनमुलक कार्यमा लगानी गर्न अभियान संचालन गर्ने तथा विप्रेषणको सही उपयोगकोलागि एनआरएन विशेष बचत योजना तथा सामाजिक सुरक्षा कोषको व्यवस्था र संचालनका लागि पहल गर्ने बताएका थिए ।

प्रकाशित: २५ श्रावण २०७२ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App