४ वैशाख २०८१ मंगलबार
प्रवास

बुटवलकी सृजनाले जापानको टोक्योमा खोलिन् ईन्टरनेशनल स्कुल

जापानको राजधानी टोक्योमा एक नेपालीले ईन्टरनेशनल स्कुल सन्चालनमा ल्याएकी छिन्। स्थायी घर बुटवल भएकी सृजना पाण्डे ज्ञवालीले राजधानी टोक्योको कामाता शहरमा होप ईन्टरनेशनल स्कुल सन्चालनमा ल्याएकी हुन्।

नेपाली भाषा समेत पढाई हुने उक्त स्कुलले बेलायतको पाठ्यक्रम 'इन्टरनेशनल अर्लि एयर करिकलम'को आधिकारिक सम्बन्धन प्राप्त गरी उक्त पाठ्यक्रम अनुरूप रोबोटिक्स, प्रोगामिंग, स्टीम एजुकेशन प्रणाली तथा आर्टका कक्षाहरू संचालन गरिरहेको छ।

हाल नर्सरीदेखि कक्षा २ सम्मको पढाई भईरहेको स्कुलमा प्रिन्सिपलका रूपमा अन्तर्राष्ट्रिय विद्यालयहरुमा दुई दशकको अनुभव बोकेका अमेरिकन नागरिक टोम एलीयर्सलाई नियुक्त गरिएको छ भने अन्य शिक्षकहरुमा अमेरिकन र जापानिज नागरिक रहेका छन्।

सन्चालक ज्ञवालीका अनुसार स्कुलको पाठ्यक्रममा राष्ट्रिय भाषा अन्तर्गत जापानी भाषा र मातृभाषा अन्तर्गत नेपाली भाषालाई पनि समावेश गरिएको छ।

'हाम्रा विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारको प्रतिस्पर्धी बनाउँछौं,' सन्चालक ज्ञवालीले भनिन्।

संयुक्त राज्य अमेरिकाबाट आईटी र व्यवस्थापन विषयमा एमबिए गरी एक दशक टोक्योस्थित एक अन्तर्राष्ट्रिय विद्यालयमा संस्थापक शिक्षिकाको रुपमा काम गरेकी पाण्डेले नागरिकन्युजसँग कुरा गर्दै आफ्ना विद्यार्थीहरु मल्टीकल्चर ब्याकग्राउन्डको ग्लोबल सिटिजन बनुन् भन्ने उद्देश्य अनुरूप अन्तर्राष्ट्रिय पाठ्यक्रमको सम्बद्धता लिएको बताइन्।

हाल स्टीम एजुकेशनमा समेत एमएड गरिरहेकी उनले विद्यार्थीहरूलाई आजको प्रतिस्पर्धी युगमा आत्मविश्वासी र क्षमतावान् बन्न समयानुकूल शिक्षा दिनुपर्ने बताइन्।

प्रकाशित: ८ वैशाख २०७९ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App