८ आश्विन २०८२ बुधबार
image/svg+xml ५:४३ पूर्वाह्न
प्रवास

एमआइएसमार्फत् एनआरएनएमा ७७ हजार सदस्यता स्वीकृत

गैरआवासीय नेपाली संघको २०२५–२०२७ कार्यकालका लागि झण्डै ७७ हजार सदस्य स्वीकृत भएका छन् ।

संघको एमआइएस प्रणाली अनुसार शुक्रबारसम्म कुल ७६ हजार ९३७ सदस्यता स्वीकृत भएको संघकी सञ्चार तथा वैदेशिक रोजगार अधिकृत ईन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् । उनका अनुसार ३ हजार ३६७ नयाँ सदस्यता आवेदनहरू स्वीकृत प्रक्रियामा छन्।

क्षेत्रगत रूपमा सबैभन्दा धेरै एसिया प्यासिफिक क्षेत्रबाट २२ हजार २७९ सदस्य स्वीकृत भएका छन्। यस्तै अमेरिकाज क्षेत्रबाट १६ हजार ७६२, ओसियानिया क्षेत्रबाट १६ हजार ५३८, युरोप क्षेत्रबाट १० हजार ९६९, मध्यपूर्वबाट ९ हजार ६५३ र अफ्रिका क्षेत्रबाट ७३५ सदस्य स्वीकृत भएको घिमिरेले बताइन् । देशगतरुपमा भने सबैभन्दा धेरै जापानबाट १८ हजार ३८१, अष्ट्रेलियाबाट १५ हजार ५५१ र अमेरिकाबाट १० हजार ९९४ जनाले सदस्यता लिएका छन्।

हालसम्म ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू एमआईएसमा आबद्ध भइसकेको र ५७ परिषद्हरूलाई सदस्यता स्वीकृति दिने प्रशासनिक पहुँच प्रदान गरिएको घिमिरेले जानकारी दिइन् ।

प्रकाशित: २ श्रावण २०८२ १७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App