६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

मलेसियामा एमआरपी फाराम भरेको शुल्क घटाउन दुतावासको चेतावनी

क्वालालम्पुर (मलेसिया)-मलेसियास्थित नेपाली दुतावासले मेसिन रिडेवल पासपोर्ट (एमआरपी ) बनाउन चाहिने फाराम भरेको शुल्क घटाउन व्यवसायीलाई चेतावनी दिएको छ।एमआरपी फाराम भर्ने व्यवसायीले मनपरि शुल्क उठाएर ठगिरहेको समाचार सार्वजनिक भएपछि दुतावासले सार्वजनिक सुचना जारी गरि १५ रिङ्गेट (करिब ४ सय २० रूपैयाँ ) भन्दा बढि नलिन व्यवसायीलाई भनेको छ ।एमआरपी फाराम भर्दा चर्को असुली भैरहेको खबर बैशाख ९ गते नागरिक न्युज डटकमले प्रकाशित गरेको थियो ।मे ५ तारिख (बैशाख २४ गते)देखि एमआरपी फाराम भरेको १५ रिङ्गेट लिएको रसिद सहित आएको फारामलाई मात्रै मान्यता दिइने दुतावासले जारी गरेको सुचनामा उल्लेख छ ।

१५ रिङ्गेट भन्दा बढि असुले कानुनी कारवाही

एमआरपी फाराम भर्दा मनपरी शुल्क असुलेको पाइएमा त्यस्ता व्यवसायीलाई कानुनी कारवाही गरिने दुतावासले जनाएको छ । मे ५ तारिख देखि फाराम भरेको १५ रिङ्गेट भन्दा बढि असुलेको पाइएमा कानुनी कारवाहिका लागि मलेसियाको सम्बन्धित निकायमा लेखी पठाइने दुतावासको सुचनामा उल्लेख छ ।

मन्त्रीको आदेशमा टेन्डर रद्दी

नेपाली दुतावासले २०१४ को नोभेम्बर १३ मा एमआरपी फाराम भर्नकालगि टेण्डर आह्वान गरेको थियो । यहाँका ५ व्यवसायीक कम्पनीले टेन्डर हालेका थिए । तर,दुतावासले टेण्डर नखोलेरै रद्द गरिदियो ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको दवावमा दुतावासले टेन्डर रद्द गरेको हो । दुतावास स्रोतका अनुसार परराष्ट्रमन्त्री पाण्डेले राजदुत नीरञ्जनमासिंह बस्न्यातलाई फोन गरि टेन्डर रद्द गर्न दवाव दिएका थिए । राजदुत बस्न्यातले मन्त्रीको दवाव थेग्न नसकेर टेण्डर रद्द गरेको दुतावास स्रोतले बतायो ।परराष्ट्रमन्त्रीको दवावमा टेण्डर रद्द गरिएपछि नेपाली व्यससायिले दुतावास वरिपरि पसल खोलेर एमआरपी फाराम भरेको ४० रिङ्गेट (करिब १हजार २ सय रूपैयाँ ) उठाउँदै आएका छन् ।

प्रकाशित: १९ वैशाख २०७२ ०३:३१ शनिबार