नेपालको संक्रमणकालीन राजनीतिक अवस्था, भावी चुनौती र सम्भावनामा केन्द्रित रहेर आधा दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत गरिने सम्मेलन आयोजक समितिका संयोजक ऋषि सापकोटाले जानकारी दिए ।
सम्मेलनमा युनिभर्सिटी अफ न्यु मेक्सिको अल्बुकर्र्की, युनिभर्सिटी अफ टेक्सास, एट एल पासो वेस्टर्न, न्यु मेक्सिको स्टेट युनिभर्सिटी, सिल्वर सिटी लगायत युनिभर्सिटीबाट विद्यार्थी तथा अनुसन्धाता सहभागी हुने नेसा सभापति राजन कोइरालाले बताए। 'सम्मेलनले नेपालमा विदेशी लगानी वृद्धि, समग्र आर्थिक वृद्धि र ज्ञान हस्तान्तरणमा गैरआवासीय नेपालीहरुको भूमिकाबारेमा छलफल हुनेछ, यसले सकारात्मक निर्णय गर्नेछ,' उनले भने ।
सम्मेलनमा डा. डोलेश्वर भण्डारी, (युनिभर्सिटी अफ न्यु मेक्सिको, अल्बुकर्र्की) डा. रमेश गिरी (युनिभर्सिटी अफ न्यु मेक्सिको, अल्बुकर्र्की) डा. वसन्त गिरी, डा. केशव पौडेल (एनआरएन, अमेरिकाका सभापतिका उम्मेद्वार) डा. विल्लिअम कुइन्तना (विभागीय प्रमुख, रसायनशास्त्र, न्यु मेक्सिको स्टेट युनिभर्सिटी),स्टेवेन अर्चम्बौल्त (एग्रीकल्चर डिपार्टमेन्ट, न्यु मेक्सिको स्टेट युनिभर्सिटी) डा.कोर्नेल्ल मेन्किङ (प्रोभोस्ट इन्टरन्यासनल बोर्डर प्रोग्राम, न्यु मेक्सिको स्टेट युनिभर्सिटी) लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका चुनौती तथा समुन्नत नेपालका लागि विदेशमा बस्ने नेपालीहरूले पुर्याउन सक्ने योगदानबारे समेत छलफल हुने सम्मेलन आयोजक समितिका सदस्य तथा वेब एवं कम्युनिकेशन समिति संयोजक विजयकुमार पाण्डे बताउँछन् । सम्मेलन नेपाली तथा विदेशी अनुसन्धाता जमघटका लागि उचित अवसर भएको नेसाका संरक्षक डा. अनुप अमात्यको भनाइ छ ।
प्रकाशित: २ चैत्र २०७१ ०३:१७ सोमबार





