१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

एनआरएन भवन बनाउन हङकङबाट ७० लाख संकलन

काठमाडौं–गैरआवासीय नेपाली संघको काठमाडौंमा आफ्नै केन्द्रिय कार्यालय भवन बनाउन हङकङस्थित गैरआवासीय नेपालीहरूले ७० लाख रूपैयाँ संकलन गरेका छन्। गैरआवासीय नेपाली संघ हङकङ कार्य समितिले गत नोभेम्बर २३ तारिखका दिन आयोजना गरेको रात्री भोजमा कार्यसमिति सदस्य, सल्लाहकार, बिभिन्न सामाजिक संघसंस्थाका अगुवाहरु, बौद्धिक तथा व्यापारिक व्यक्तित्वहरुबाट ७० लाख रूपैयाँ संकलन भएको हो।गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेको उपस्थितिमा आइतबार चिमशाचुई स्थित मिरा आर्केडमा रहेको कवाव फ्याक्टरी रेष्टूरेण्टमा आयोजित च्यारिटी डिनर पार्टीमा उपस्थित गैरआवासीय नेपाली अभियन्ताहरूले आफ्नै भवन बनाउने शुभकार्यमा हातेमालो गरेका हुन्।

गैरआवासीय नेपाली संघका सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद (रासप) हङ्कङ्गका पूर्व अध्यक्ष त्रिलोक गुरुङ र रासप हङ्कङ्गका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे तथा केन्द्रिय सदस्य जेएन ज्ञवाली लगायतका अगुवाबाट करिव ६० लाख र कवाब फ्याक्टरीका प्रबन्धक राजेशकुमार भिमसरियाबाट १० लाख गरि ७० लाख नेपाली रकम संकलन गरिसकेको छ।

एनआरएन एनसीसी हङकङले आउने डिसेम्बर महिनाको २० तारिखसम्म सहयोग रकम संकलन गर्ने हुदाँ हङकङबासी नेपालीहरूबाट अझै थप रकम सहयोग हुने कुरामा विश्वस्त हुँदै अन्तिम समय सम्ममा सहयोग रकम अझै बढ्ने संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले बताए ।

एनसीसी हङकङलाई आफ्नो क्षेत्रबाट करिब ३० लाख नेपाली रकम संकलन गर्नुपर्ने लक्ष्य रहेको थियो। केन्द्रिय अध्यक्ष शेष घले कार्यालय भवन बनाउन लाग्ने रकम संकलनको लागि विश्वका ७० वटा मुलुकमा फैलिएको गैरआवासीय नेपाली संघका सदस्यहरूसंग भेटघाटको सन्दर्भमा आइतबार बिहान हङकङ आइपुगेका थिए।

हङकङ कमिटीका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा आयोजित च्यारिटी डिनरमा केन्द्रिय अध्यक्ष घलेले आफ्नो मन्तव्यको क्रममा धेरै निजी कामहरु थाँती राखेर गैरआवासीयको आफ्नै भवन बनाउने यो कार्यमा खटेको र विश्वका धेरै मुलुकहरूबाट टार्गेट गरेको रकम भन्दा उत्साजनक रुपमा सहयोग रकम संकलन भैरहेको बताए। विश्वका नेपालीहरूको यो उत्साहजनक सहयोगले गर्दा भवन चाँडै बन्नेकुरामा आफू ढुक्क भएको उल्लेख गरे।

प्रकाशित: ९ मंसिर २०७१ ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App