coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

बेलायतका लागि नेपाली राजदूत रेग्मी नेपाल फर्किंदै

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किन लागेका छन्।

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको पछि रेग्मी अक्टोवर २४ तारिख नेपाल फर्किन लागेका हुन्।

नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावास आयोजना गरेको सम्मान  कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले पत्रकारिताका क्रममा 'नेपाल र नेपाली' लाई सदैव केन्द्रमा राखेर काम गर्न उनले सुझाव पनि दिए।

पत्रकार महासंघ यूके एवम् यहाँस्थित नेपाली पत्रकारहरुबाट दूतावासलाई रचनात्मक सहयोग मिलिरहेको भन्दै उनले खुसी व्यक्त गरे।

मिडियाको आलोचनात्मक प्रस्तुतिलाई स्वभाविक मान्नुपर्ने तर सकारात्मक पक्ष र उपलब्धिहरुबारे पनि समाचारहरु बन्नुपर्ने भन्दै राजदूत रेग्मीले भने, 'बेलायतमा रहेका पत्रकार साथीहरुले दुवै खालका भूमिका निभाइरहेको मैले पाएँ, जुन साँच्चीकै सकारात्मक र तारिफयोग्य छ।'

शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेग्मीले पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् सफलताको शुभकामना दिए।

त्यसअवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार महासंघ यूके शाखाका अध्यक्ष अर्यालसंगै उपाध्यक्षद्धय प्रमिला लाबुंग राई र शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम र सदस्यहरु नगेन्द्र नेम्वांग, मिलन तमु र बम थापा सुर्यवंशीलाई खादा ओढाएर सम्मान गरे।

सोहि अवसरमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, संस्थापक सल्लाहकार भगिरथ योगी, सल्लाहकार कुशल श्रेष्ठ र केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला पनि सम्मानित भए।

दूतावासकी नियोग उपप्रमुख एवम् प्रवक्ता रोशन खनालले नेपाल पत्रकार महासंघ यूकेको नयाँ कार्यसमितिको पालामा पनि दूतावाससंगको सहकार्य निरन्तर रहने आशा व्यक्त गरिन्। बेलायतस्थित नेपाली मिडियाले दूतावास र समुदायलाई जोड्ने कार्य गरिरहेको भन्दै उनले प्रशंसा गरिन्।

पत्रकार महासंघ यूके शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावासबाट प्राप्त स्वागत र सम्मानले आफूहरुमा उत्साह र हौसला बढाएको भन्दै आभार प्रकट गरे।

कार्यक्रममा पत्रकार महासंघ यूकेका संस्थापक सल्लाहकार भगिरथ योगी र पूर्व अध्यक्ष चिरन शर्माले पनि शुभकामना मन्तव्य राख्दै दूतावास र पत्रकार महासंघ यूकेबीच रहँदै आएको सहकार्य निरन्तर र थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।

कार्यक्रमको सञ्चालन लन्डन दूतावासका सेक्रेण्ड सेक्रेटरी रामबाबु नेपालले गरेका थिए। कार्यक्रममा दूतावासका सैनिक सहचारी रत्न गोदार एवम् सहचारीद्धय गजेन्द्र राई र पुजन पाण्डे लगायतका कर्मचारीहरुको पनि सहभागिता थियो।

प्रकाशित: २४ आश्विन २०७८ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App