१५ चैत्र २०८० बिहीबार
प्रवास

गैरआवासीय नेपाली संघमा अध्यक्षका प्रत्यासी केसीले सार्वजनिक गरे नौ बुँदे प्रतिवद्धता(पत्रसहित)

गैर आवासीय नेपाली संघ १० औँ विश्व सम्मेलन तथा महाधिवेशन–२०२१ मा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। 

संघका वर्तमान उपाध्यक्षसमेत रहेका केसीले संस्थाका हरेक गतिविधिमा रहँदै आएको जनाउँदै सो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। उनले आफूले अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको जनाउँदै सो अनुभवलाई प्रयोग गरी संगठनलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे।

अध्यक्षका प्रत्यासी केसीले कोरोना महामारीमा गैरआवासीय नेपाली संघको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै महामारीकाबीच संघले विदेशमा ५० भन्दा बढी देशमा रहेका दुई लाखभन्दा बढी नेपालीलाई सहयोग र उद्धार गरेको जनाए।  

‘मेरै नेतृत्वमा नेपालमा स्वास्थ्यसम्बन्धी राहतका सामग्री अक्सिजन सिलिन्डर तथा कन्सन्ट्रेटर पठायौं, भने ७ वटै प्रदेशमा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना हुँदैछ’, उनले प्रतिवद्धता पत्रमा भनेका छन्।

‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ नारा तय गरेर आफूले उम्मेदवारी घोषणा गरेको जनाउँदै उनले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड, संस्थागत पुनर्संरचना एवं सुदृढीकरण, गैरआवासीय नेपालीको हकहित अधिकार, ज्ञान, सीप र प्रविधिसहितको एनआरएन, एनआरएनए फाउण्डेशन, नेपाल एवं नेपाली पर्यटन प्रवद्धन, युवा, महिला तथा दोस्रो पुस्ता र अन्तर्राष्ट्रिय संघ-संस्थाहरुसँग सहकार्यका विषयमा आफ्ना लिखित प्रतिवद्धताहरु सार्वजनिक गरेका छन्।

प्रकाशित: १९ आश्विन २०७८ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App