काठमाडौं– फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले फ्रान्स, ग्रिस, मोनाको र पोर्चुगलमा रहेका नेपाली अवैतनिक वाणिज्यदूतसँग अन्तर्क्रिया गरेको छ।नाए।
कार्यक्रममा नेपाली अवैतनिक वाणिज्यदूतहरू फ्रान्सको रुवांमा रहेका दिदी एबर्नाड, ग्रिसको एथेन्समा रहेका इम्यानुयल काराभेलाकिस, मोनाकोको मान्टेकार्लोमा रहेका अलेक्जेन्डर मोघादम र पोर्चुगलको लिस्बोनमा रहेका मकरबहादुर हमाल उपस्थित थिए।
कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले नेपाल सरकारले सबै देशमा दूतावास स्थापना गर्न नसक्ने भएकाले नेपाल प्रवर्द्धन गर्ने कार्यमा विशेष सक्रियताका साथ लाग्न उपस्थित अवैतनिक दूतलाई आग्रह गरेका थिए। उनले आर्थिक कूटनीतिका लक्ष्य हासिल गर्न विभिन्न कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न आवश्यक रहेको समेत बताए।
पेरिसस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार रुवांमा रहेका अवैतनिक वाणिज्यदूत बर्नाडले आफू सन् १९९६ देखि उक्त पदमा रही नेपालको चिनारी फैलाउँदै आएको जानकारी दिएका थिए। उनले बर्सेनि नेपाल जाने फ्रेन्च नागरिकको संख्या बढ्दै गएको बताए। कार्यक्रममा ग्रिसका लागि नेपाली अवैतनिक वाणिज्यदूत काराभेलाकिसले पनि नेपालमा पर्यटन प्रवर्द्धन गर्न आफू सक्रिय रूपमा लागेको बताए।
मोनाकोका लागि अवैतनिक वाणिज्यदूत मोघादमले प्राकृतिक सुन्दर देश नेपालको अवैतनिक वाणिज्यदूतमा नियुक्ति पाई काम गर्न पाएकोमा खुसी व्यक्त गरे। नेपालको आर्थिक कूटनीतिबारे आफूलाई जानकारी भएको बताउँदै उनले नेपालमा भौतिक पूर्वाधारको अझ द्रुततर विकास भए प्रचुर वैदेशिक लगानी ओइरिने ज
प्रकाशित: २२ जेष्ठ २०७१ ०९:१३ बिहीबार





