साना समाचार समितिका अनुसार बाद्र अल दिन हुसेन प्राविधिक विद्यालयमा दुईवटा मोर्टास आक्रमण गरिएको थियो।
सिरियाली सरकारले आतंककारीको संज्ञा दिइएको सिरियाली विद्रोहीलाई आक्रमणको आरोप लगाएको छ।
सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले भने यस आक्रमणमा कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएको जानकारी दिएको छ।
दमासकसको पुरानो सहर सागोउर जिल्लामा बारम्बार विद्रोही आक्रमण हुने गरेको छ। सिरियामा सन् २०११ को मार्चबाट राष्ट्रपति बसार अल असादको राजीनामा माग गर्दै सुरु भएको आन्दोलनमा १ लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको मानवअधिकारवादीहरूले जनाएका छन्।
त्यसैगरी सो आन्दोलनको डरले लाखौं सिरियाली जनता देशकै सुरक्षित स्थानमा र विदेशमा शरण लिन पुगेका छन्।
प्रकाशित: १६ वैशाख २०७१ २०:४७ मंगलबार





