११ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

जापानी प्रधानमन्त्री युरोप भ्रमणमा

टोकियो, (एएफपी)– जापानी प्रधानमन्त्री सिन्जो अबे युरोपका विभिन्न छ देशको भ्रमणका लागि मंगलबार टोकियोबाट प्रस्थान गरेका छन्।प्रधानमन्त्री अबेले जर्मनी, ब्रिटेन, पोर्चुगल, स्पेन, फ्रान्स र बेल्जियममा नौ दिन भ्रमण गर्ने कार्यक्रम छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाको जापान भ्रमण सकिएकै हप्ता जापानी प्रधानमन्त्री अबेको युरोप भ्रमण तय भएको बताइएको छ।
उनको यो भ्रमण व्यापार प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ। उनले युरोपली राष्ट्रहरूसँगको द्विपक्षीय व्यापार साझेदारीमा विगत लामो समयदेखि नै जोड दिँदै आएका थिए। 
विश्वको सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रूपमा जापानले गत वर्ष पनि युरोपेली आयोगसँग व्यापार प्रवर्द्धनका क्षेत्रमा सम्झौता गरेको थियो।
यसपटकको भ्रमणका क्रममा पनि जापानी प्रधानमन्त्रीले आफ्ना जापानी व्यापार साझेदार राष्ट्रहरूसँगको सम्बन्धलाई थप बलियो बनाउने प्रयास गर्ने बताइएको छ। 
युरोपली संघसँगको व्यापारिक साझेदारिताका साथै विभिन्न देशमा नयाँ लगानीका सम्भावनाबारे उनले छलफल र परामर्श गर्ने जनाइएको छ।

प्रकाशित: १६ वैशाख २०७१ २०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App