ती सिरियालीमा आधाजति बालबालिका रहेका पनि सो संस्थाले जनाएको छ। यी सबै गरिबीमा बाँचिरहेका र बाँच्नका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यकता भएको बताइएको छ।सिरियामा गत तीन वर्षयता जारी द्वन्द्वमा परी एक लाख ५० हजार व्यक्तिको ज्यान गुमाइसकेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ।
त्यसैगरी यस द्वन्द्वको कारण सिरियाको जनसङ्ख्याको आधा जनता आफ्नो घर छोडेर भागेका छिमेकी देशमा शरण लिनपुगेका छन्। सिरियाबाट भागेका शरणार्थी करिब छ लाख शरणार्थीले जोर्डन र छ लाख ७० हजार टर्कीमा रहेका जनाइएको छ। संयुक्त राष्ट्र संघका शरणार्थी निकायका प्रमुखले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ।
सिरियामा सन् २०११ को मार्चबाट राष्ट्रपति बसार अल असादको राजिनामाको मागगर्दै सुरु भएको आन्दोलन तीन बर्ष भन्दा लामो समयदेखि जारी छ। तर समाधानको विकल्प अझै निस्किएको छैन।
प्रकाशित: ६ वैशाख २०७१ २१:३९ शनिबार





