६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

डोको बोकेर लण्डन म्याराथनमा

लण्डन- बेलायती सेनाका रिटायर्ड क्याप्टेन विष्णुबहादुर सिंहले आइतबार लण्डनमा भएको म्याराथन नेपालीपन झल्कने २५ किलो पुस्तकले भरिएको डोको बोकेर पूरा गरे। बिहान १० बजे ग्रीनबिजबाट सुरु भएको दौड सिंहले निर्धारित दुरी ५ घण्टा ४५ मिनेटमा पूरा गरे।डोकोमा आफैले लेखेको 'ए गोर्खाज स्टोरिक' बुकले भरेर २५ केजी बनाएका थिए। मैले कल्पना गरेभन्दा दौड सजिलै पार गरेँ,' सिंहले भने, 'एकदमै खुसी छु।'
विश्व प्रसिद्ध लण्डन म्याराथुनमा विभिन्न देश र क्षेत्रका पचासौं हजार मानिस सहभागी हुन्छन्। बाल्यकालदेखि नै लण्डन म्याराथन दौडने मेरो धोको थियो, त्यो धोको आज डोको बोकेर पूरा गरेँ,' सिहंले नागरिकन्युजसँग भने, डोको बोकर म्याराथनमा भाग लिन पाउँदा छुट्टै अनुभूति भयो। मैले नेपालको झण्डा, नेपाली डोकोलाई संसारका धावकका अगाडी चिनाएँ, यो नेपालीका लागि गौरवपूर्ण उपस्थिति हो,' उनले भने। उनले बोकेको डोको पछाडि बेलायती सेनामा गोर्खा सैनिकको रुपमा २०० वर्षको सन्दर्भलाई पनि झल्काउने चिन्ह, नेपाली झण्डा र बेलायतको झण्डा राखेका थिए।
लम्जुङ घर भइ हालः बेलायतको केन्टमा बसोबास गर्दै आएका सिहंले बेलायती सेनामा २५ बर्ष सेवा गरेका थिए। सो म्याराथुनबाट जम्मा भएको रकम आर्मी बेनोभोलेण्ट फण्ट नामको परोपकारी संस्थालाई हस्तान्तरण गर्ने सिहंले बताए। फण्टले रिटायर्ड भई नेपालमा बसेका भूपू गोर्खालाई यूके ल्याउन मद्दत गर्छ। सो फण्टका लागि करिब ३ हजार पाउण्ड समेत संकलन भएको छ। 
उनले ब्रिटिश सेनामा भर्ती भई हङकङ, ब्रनाई र यूके गरी तीन ठाउ“मा खटिएका थिए। उनले बोस्निया, कोसोभो र अफगानिस्तानमा युद्ध लडेका थिए। ४७ बर्षिया सिहं बेलायती सेनाबाट २०१० मा रिटायर्ड भएका हुन्। 
लण्डन म्याराथुनको उपाधि केन्याका विल्सन किपसंगले जिते।

प्रकाशित: १ वैशाख २०७१ २०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App