सिक्कीम, गोवा, आसाम र त्रिपुराका सात सिटमा शनिबार चुनाव भएको हो।ती सात क्षेत्रका ७४ जना उम्मेदवारको हारजीतको फैसला भने करिब ५० लाख मतदाताको हातमा छ। गोवाका जम्मा दुई सिट उत्तर गोवा र दक्षिण गोवा, त्रिपुराको त्रिपुरा पूर्व, सिक्किमको कुल एक सिट तथा आसामका तीन सिटका लागि मतदान भएको छ। सिक्किममा लोकसभासँगै ३२ सदस्यीय विधानसभाका लागि पनि शनिबारै मतदान भएको छ।
प्रकाशित: २९ चैत्र २०७० २०:५६ शनिबार

